रोल्पा – जिल्लाका केही विद्यालय सुचारु भएको केही दिनभित्रै पुनः बन्द भएका छन् जिल्लाको पूर्वी भेगमा रहेको सुनछहरी गाउँपालिकामा विद्यालय सञ्चालन भएको केही दिनमै विद्यार्थी शिक्षकमा भारल ज्वरो आएपछि विद्यालय बन्द भएको हो । सुनछहरी–६ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा भाइरल ज्वरो बढेपछि विद्यालय बन्द गर्नुपरेको विद्यालयका प्रधानाध्यापक धनबहादुर पुनले जानकारी दिए ।
विद्यालयमा अध्ययनरत ६० प्रतिशत भन्दा बढी विद्यार्थी र शिक्षक एक्कासि बिरामी परेपछि विद्यालय बन्द गर्नुपरेको उनले बताए ।
विद्यार्थी तथा शिक्षकमा ज्वरो आउने, हुने, घाँटी दुख्ने, टाउको तथा शरीर दुख्ने ,बान्ता हुने, खोकी लाग्ने र कमजोरी महसुस हुने लगायतका लक्षण देखिएको बताइएको छ । शिक्षक जसवीर पुन भाइरल ज्वरोका विरामी बढेपछिे विद्यालय बन्द गरिएको जानकारी दिए ।
स्वास्थ्य चौकी फगामका प्रमुख रञ्जीतकुमार यादवले भाइरल ज्वरो सरुवा र मौसमी भएकाले यसबाट सुरक्षित रहन सबैलाई अनुरोध गरेका छन् । मन तातोपानी खान, बासी तथा चिसो पदार्थ सेवन नगर्न, चिसोबाट बच्न, अदुवा, बेसार, टिमुर र नून पानीखाने तथा तातोपानीको बाफ लिने जस्ता घरायसी उपचार गर्न उनले सुझाव दिए ।





प्रतिक्रिया