देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सिन्धुलीमा नौ युवकद्वारा तीन किशोरीमाथि सामूहिक बलात्कार

देशान्तर

सिन्धुली – सिन्धुलीको कमालामाई नगरपालिका ५ बोझेका तीन किशोरीमाथि सामूहिक बलात्कार भएको छ । तीन बालिकालाई त्यही ठाउँमा बस्ने नौ युवकले हिजो शनिवार राति बोलाएर सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रहरी निरीक्षक ९इन्स्पेक्टर० रामभक्त भट्टराईले बलात्कार गर्नेमध्ये २२ वर्षीय हिमा लामा, २४ वर्षीय गणेश मगर र २२ वर्षीय विवेक मगरलाई पक्राउ गरिएको जानकारी दिए । बाँकी ६ जना फरार रहेका र उनीहरूको खोजी भइरहेको उनले बताए ।

बलात्कृत हुने किशोरीहरू १५, १६ र १७ वर्षका रहेको बताइएको छ । बलात्कृत किशोरीका अभिभावकले किटानी जाहेरी दिइ यस घटनामा संलग्नलाई कारबाहीको माग गर्दै किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मेडिकल जाँचका क्रममा पनि तीन किशोरीमाथि बलात्कार भएको खुलेको जनाइएको छ ।

कार्यालयका अनुसार दशैँका कारण अदालत बन्द भएकाले बलात्कार गर्नेलाई कारबाही गर्न अहिले पक्राउ पुर्जी लिइएको छ । अदालत खुलेपछि थुनामा राखेर अनुसन्धान गर्ने र म्याद थप लिइ थप कारबाही प्रक्रिया अघि बढाउने बढाइने छ ।

बलात्कार गर्नेमध्ये एक युवक र बलात्कृत हुने एक किशोरीबीच पहिलेदेखि नै चिनजान रहेको प्रहरीले जनाएको छ ।