देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज मौसम : देशका विभिन्न भेगमा वर्षा‚ हिमपातको सम्भावना

देशान्तर

काठमाडौं – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भेगमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जानकारी दिएको छ।

बंगालको खाडी र मध्य भारतमा रहेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेकाले मौसम बदली रहेको मौसमविद मञ्जु बासीले जानकारी दिइन्। मौसमविद् बासीका अनुसार सोमबार बिहान देशका अधिकांश भू-भागमा मौसम सामान्य बदली कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक- दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भने भीषण वर्षा भइरहेको छ।

दिउँसो पनि देशका अधिकांश स्थानमा मौसम बदली भई वर्षा हुने महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद बासीले जानकारी दिइन्। यस्तै‚ पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागहरुका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना छ।