रुपन्देही – ३१ वर्षीया महिला संगीता गैरे ९ वर्षीय छोरा दिक्षान गैरेका साथ ।
१ कार्तिक, बुटवल। रुपन्देहीमा एक ३१ वर्षीया महिला आफ्नो ९ वर्षीय छोरासहित बेपत्ता भएकी छन् ।
गुल्मीको मुसीकोट नगरपालिका-५ घर भएकी संगीता गैरे असोज २२ गतेदेखि बुटवल कालिकानगरस्थित सानी आमाको घरबाट सम्पर्कबिहीन भएकी हुन् ।
आफन्तहरु सबैकहाँ सोधीखोजी गर्दा पनि केही पत्ता नलागेपछि उनका श्रीमान् खडानन्द गैरेले खोजी गरिदिन प्रहरी लगायत सबैसँग अपील गरेका छन् ।
‘म गुल्मी गएको बेला सानीआमाको घरबाट छोरालाई पनि लिएर हिंडेकी रहिछन्’–गैरेले भने–‘१० दिनसम्म पनि कहाँ छन् भन्ने कुनै पत्तो लागेको छैन ।’
आफू वैदेशिक रोजगारीको सिलसिलामा भियतनाममा रहेको र एक महिना अगाडि मात्रै घरमा आएको उनले बताए । संगीता बिगत सात वर्षदेखि छोरासहित सानी आमाको घरमा बस्दै आएकी थिइन् ।
एम्स स्कुल बुटवलमा अध्ययनरत ९ वर्षीय छोरा दिक्षान गैरेलाई साथमा लिएर श्रीमती सम्पर्कबिहीन भएदेखि मोबाइल पनि स्वीच अफ गरेको जानकारी दिंदै खडानन्दले खोजीमा सहयोग गर्न सबैसँग अपील गरेका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलले संगीताको खोजी कार्य भइरहे पनि हालसम्म पत्ता लाग्न नसकेको जनाएको छ ।





प्रतिक्रिया