देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

क्रिकेटको मुख्य प्रशिक्षकका लागि क्यानद्वारा दरखास्त आह्वान

देशान्तर

काठमाण्डौ – नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ । इच्छुक र योग्यता पुगेका व्यक्तिले आफ्नो विवरणसहित आउँदो १४ गते अर्थात् अक्टोबर ३१ सम्म दरखास्त दिन सक्ने छन् ।

मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मुख्य प्रशिक्षक विहीन छ । ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय श्रृंखलापछि ह्वाटमोरले नेपाली टोलीको प्रशिक्षक पद छोडेका हुन् ।