देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

देशान्तर

काठमाडौं– गत २४ घण्टाभित्र नेपालमा थप ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार कूल नौ हजार ६९७ जनाको नमूना परीक्षण गर्दा ५९१ जनामा कोरोना पोजिटिभ देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट ५२३ र एन्टिजेन विधिबाट ६८ संक्रमित पहिचान भएका थिए। उक्त अवधिमा कूल सात हजार ६५४ जनाको पीसीआर र दुई हजार ४३ जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो।

उक्त अवधिमा कोरोना संक्रमणका कारण नौ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसैगरी, ९३७ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्।