देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुतिरहेका बेला पहिरोले घर पुरिंदा किशोरीको मृत्यु

देशान्तर

कालिकोट – कालिकोटमा पहिरोले घर पुरिँदा एक किशोरीको ज्यान गएको छ । कालिकोटको महावै गाउँपालिका-७ राम्नेमा पहिरोले घर पुरिँदा १८ वर्षीया स्मृति अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार राति घरभित्र सुतिरहेको बेला खसेको पहिरोले घर भत्किँदा उनको मृत्यु भएको हो । घटनाको थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।