कञ्चनपुर स् भीमदत्त नगरपालिका(९ मुसेट्टीका महाकाली नदीको बाढीमा फसेका एकै परिवारका पाँचजना उद्धारको पर्खाइमा रहेका छन्।
सोमबार राति घर नजिकैको कुखुराको खोर हेर्न गएका पुष्कर नायक, दीर्घमती खड्का, बसन्ती नायक, अशोक नायक र अजय नायक बाढीमा फसेका हुन्।
बाढीमा फसेका परिवारको उद्धारका लागि बिओपी खल्ला र ब्रह्मदेवबाट सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको छ। बाढीका कारण बाटोको ठाउँठाउँमा अवरोध हुँदा उद्धार टोली पुग्न ढिलाइ भएको छ।
बाढीमा फसेकाहरूको उद्धार गर्नका लागि हेलिकोप्टर मगाइएको छ। बाढीमा फसेकालाई हेलिकप्टरबाट उद्धार गरिने सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले बताइन्।
‘सुर्खेतबाट हेलिकप्टर बिहानै आउने तयारी थियो। प्रतिकूल मौसमका कारण हेलिकप्टर उड्न सकेको छैन’, उनले भनिन्, ‘महाकालीमा मानिस फसेका छन। पहाडी भेगबाट पनि त्यस्तो खबर आएको छ। हामी उद्धार गर्छौं।’





प्रतिक्रिया