देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बैतडीको ढुंगाडमा ५० जनाभन्दा धेरै सेती नदीको बीचमा फसे

देशान्तर

बैतडी – बैतडीको सिगास गाउँपालिकाका ५० जनाभन्दा धेरै सेती नदीको बीचमा फसेका छन् । सिगास गाउँपालिकाको वडा नम्बर ५ ढुंगाडमा झन्डै ५० जना हिजो सोमवार रातिदेखि फसेका गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले उजानकारी दिए ।

हिजो राति नदी बस्तीमा पसेपछि केही गाउँलेलाई विद्यालयमा लगेर राखिएको छ, तर उद्धारकै क्रममा नदी बढेर बस्ती डुबानमा परेपछि उनीहरू त्यहीँ फसेका हुन् ।

अहिले नदी बस्तीको वरिपरि फैलिएको छ । फसेका नागरिकको उद्धारका लागि आफूले बिहानै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरे पनि उद्धार हुन नसकेको अध्यक्ष सिंहको भनाइ छ ।

लगातारको ठूलो पानीका कारण हेलिकप्टर पनि प्रभावित क्षेत्रमा जान सकेको छैन ।