देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु

देशान्तर

विराटनगर – अविरल वर्षाका कारण पहिरोले घर पुरिँदा सुनसरीमा दुई बालबालिकाको मृत्यु भएको छ।

सुनसरीको धरान उपमहानगरपालिका–१३ धरानमा आज परेको अविरल वर्षाको कारण घर पुरिँदा नागेश्वर मार्ग बस्ने निसान राईकी आठ वर्षीया छोरी निसु राई र चार वर्षीय छोरा निहान राईको मृत्यु भएको हो।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविनराज राईका अनुसार आज दिउँसो पौने २ बजे घरमाथिबाट पहिरो झरेर घर पुरिँदा उनीहरूको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले दिउँसो साढे ३ बजे दिदीभाइको शव निकालेको एसपी राईले जानकारी दिए।