देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पहिरोमा परी बैतडीमा चार जनाको मृत्यु

देशान्तर

बैतडी – केही दिनदेखिको वर्षाका कारण पहिरो खस्दा बैतडीमा ४ जनाको मृत्यु भएको छ। जिल्लाको सुर्नया गाउँपालिका र शिवनाथ गाउँपालिकामा पहिरोमा परी चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

लगातारको अविरल वर्षाका कारण गए राति घर भत्किँदा सुर्नया ५ रामकी बरायलकी ७१ वर्षीया परुदेबी महराको मृत्यु भएको छ।

यस्तै, ५५ वर्षीया सरस्वती विष्ट र निजका बुहारी ३० वर्षीया माया विष्ट घाइते भएका छन्।

यस्तै, जिल्लाको शिवनाथ ६ बसेडीमा घर भत्किँदा तीनजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र ३ वर्षीय सोम पार्की छन्।

वर्षाका कारण ३ दिनदेखि यहाँको विद्युत् सेवा र सञ्चार सेवा पनि बन्द रहेको छ।