देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बाढी पहिरो उद्धारमा निजी हेलिकप्टर प्रयोग गरिने

देशान्तर

काठमाडौं – केही दिनदेखि अविरल परेको वर्षाका कारण बाढी पहिरो तथा डुबानमा परेकाको खोजी तथा उद्धारका लागि निजी क्षेत्रका हेलिकप्टर पनि प्रयोग गरिने भएको छ। देशका विभिन्न भाग डुबानमा परेसँगै बुधबार बिहान बसेको बैठकले आवश्यक परेको खण्डमा निजी क्षेत्रको हेलिकप्टर प्रयोग गर्न निर्णय गरेको हो।

बुधबार बिहान गृहमन्त्री बालकृष्ण खाणको समन्वयमा बुधबार बिहान गृहमन्त्रालयका गृहसचिव टेकनारायण पाण्डे, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, पर्यटन मन्त्रालयका वायुसेवा हेर्ने सहसचिव बुद्धिसागर लामिछाने, निजी वायुसेवा कम्पनीहरूको एसोसिएसनका कार्यकारी निर्देशक कमलेशकुमार वर्मा र गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाका उपसचिव दिलकुमार तामाङसहितको बैठक बसेको थियो। सो बैठकले यस्तो निर्णय गरेको हो।

हालसम्म नेपाली सेनाको हेलिकप्टरले विभिन्न स्थानमा उद्धार तथा खोजी गरिरहेको छ। अपुग भएको खण्डमा निजी क्षेत्रको हेलिकप्टर प्रयोग गर्ने निर्णय भएको गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले जानकारी दिए।