देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आजदेखि मौसममा सुधार : लगातारको झरी र ठूलो पानी नपर्ने

देशान्तर

काठमाडौँ – आजदेखि मौसममा सुधार आएको छ । देशका धेरै ठाउँमा आज घाम लागेको छ । मौसमविद् वरुण पौडेलका अनुसार गएराति देशका धेरै ठाउँको मौसम बद्ली भए पनि अब घाम लाग्ने सम्भावना छ । अबको दुई, तीन दिन लगातार झरी नपर्ने उनले बताए ।

भारतको बिहार र उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय प्रणाली र पश्चिमी वायुको पानी पार्ने प्रणाली निष्क्रिय भएकाले अब दुईरतीन दिन लगातारको झरी र ठूलो वर्षा हुने सम्भावना नरहेको उनले बताए । आज प्रदेश-१, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक-दुई ठाउँमा भने हल्का पानी पर्ने अनुमान छ ।

गएको आइतवारदेखि अस्तिसम्म पश्चिमी क्षेत्रमा धेरै पानी पारेको प्रणाली हिजो पूर्व सरेको थियो । आज भने पूर्वबाट पनि यो प्रणाली हटिसकेको मौसमविद्ले बताएका छन् । यसैबीच, पानी नपरे पनि हिजोअस्तिकै वर्षाले जमिन गलेकाले पहिरोको जोखिम भने कायमै रहेको मौसमविद्ले बताएका छन् । भिरालो जमिनमा बसोबास गर्ने र यात्रा गर्नेहरुलाई विशेष सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।