देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

करेन्ट लागेर एकै घरका चार जना गम्भीर घाइते

देशान्तर

राजविराज – राजविराज नगरपालिका–६ मा करेन्ट लागेर एकै परिवारका चार जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार आफ्नै घरको छतमा झुण्डिएको होडिङ बोर्ड हटाउने क्रममा करेन्ट लाग्दा ४० वर्षीय शिवनारायण साह सहित उनका ३५ वर्षीया पत्नी सन्तोषी साह, ३८ वर्षीया भाउजू राजकुमारी साह र १८ वर्षीय भतिजो रक्षित साह घाइते भएका हुन्।

प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले घाइतेको गजेन्द्रनारायणसिंह अस्पतालमा उपचार भइरहेको र घटनाको अनुसन्धान भइरहेको जानकारी दिए।