देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विराटनगर विमानस्थल भोलिबाट मात्र खोल्ने तयारी

देशान्तर

मोरङ – बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल भोलि (शनिबार) देखि मात्र खुलाउने तयारी भएको छ ।
आज बेलुकासम्ममा विमानस्थल सफा गरी डुबेका सामग्री तथा उपकरणको जाँच गरेर भोलिदेखि विमानस्थल खुलाउने तयारी गरेको विमानस्थलका प्रमुख उत्सवराज खरेलले जानकारी दिए ।

उनले भने, ‘भोलिदेखि विमानस्थल खुलाउन आज बेलुकासम्ममा सबै काम सक्ने गरी प्रयासमा जुटेका छौं । सबै ठिकठाक भए भोलि बिहानदेखि उडान अवतरण शुरु गर्छौं ।’ हिजोदेखि पानी पर्न रोकिएपछि विमानस्थलमा जमेको पानी घट्दै छ । विमानस्थलको धावनमार्ग र ट्याक्सी मार्गलगायतका क्षेत्रमा पानी घटे पनि टर्मिनल भवन, पार्किङ क्षेत्र तथा परिसर आसपास अझै डुबानमा रहेकाले भोलिदेखि मात्र हवाई सेवा शुरु गर्ने तयारी गरेको विमानस्थलका प्रमुख उत्सवराज खरेलले जानकारी दिए ।

हवाई उडान र अवतरण कहिलेदेखि नियमित गर्ने भन्नेबारे टुङ्गो नभए पनि मौसम सफा भए भोलिदेखि हवाई सेवा शुरु गर्ने विमानस्थल कार्यालयको तयारी छ । विमानस्थलमा फसेका दुई वटा विमान भने सुरक्षा जाँच पछि हिजै काठमाडौ फर्काइएको छ । स्थानीय केसलिया खोलामा आएको बाढीका कारण विमानस्थल जलमग्न भएको थियो । गएको मङ्गलवारदेखि विराटनगरबाट हुने सबै उडान तथा अवतरण बन्द छन् ।