देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बेमौसमी वर्षाले सडकमा १ अर्ब ५ करोडको क्षति

देशान्तर

काठमाडौँ – कात्तिक महिनामा परेको बेमौसमी वर्षाका कारण आएको बाढी–पहिरोले सडक र राजमार्गहरूमा १ अर्ब ५ करोडको क्षतिको प्रारम्भिक विवरण आएको सडक विभागले जानकारी दिएको छ ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले कात्तिक १ गतेयता परेको वर्षाका कारण आएको बाढी र पहिरोले १ अर्ब ५ करोडको क्षति भएको प्रारम्भिक अनुमान प्राप्त भएको बताए ।

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको आइतबारको बैठकमा महानिर्देशक थापाले भने, कात्तिक १ गतेयता परेको बेमौसमी वर्षाका कारण सडकमा भएको कुल भौतिक क्षतिको प्रारम्भिक अनुमान १ अर्ब ५ करोड आएको छ । यो अनुमान प्रारम्भिक हो, पूर्ण विवरण आउन बाँकी छ ।

बेमौसमी वर्षाले १८ वटा राजमार्गका २४४ ठाउँमा बन्द भएको थापाले जानकारी दिए । तीमध्ये अझै केही खुल्न बाँकी रहेको उनको भनाइ थियो । मनाङ, बाजुरा, बझाङलगायतका राजमार्ग अझै अवरुद्ध छ । अबको दुई–तीन दिनमा मनाङ खुल्ने अवस्थामा छ । बझाङमा अवरुद्ध सडक खुल्न अझै समय लाग्ने अवस्था छ,उनले भने ।

अहिले सडक विभागको पहिलो प्राथमिकता अवरुद्ध सडक अस्थायी रूपमा वा एकतर्फी रूपमा भएपनि सञ्चालनमा ल्याउने रहेको उनले बताए ।

त्तिक १ गतेयता परेको वर्षका कारण सुदूरपश्चिम र कर्णाली लगायतका धेरै ठाउँमा बाढी र पहिरो गएको थियो । तराईका विभिन्न जिल्ला डुबानमा परेका थिए ।