देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

फिदिममा बस खस्दा कम्तीमा ४० जना घाइते

देशान्तर

पाँचथर — पाँचथरको फिदिममा यात्रुवाहक बस खस्दा कम्तीमा ४० जना घाइते भएका छन् । घाइतेमध्ये १५ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

पाँचथरबाट झापा जाँदै गरेको को१ख ३८६५ नम्बरको बस सोमबार बिहान फिदिम–४ सरखण्डेमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

बसमा ६० भन्दा बढी यात्रु रहेको बताइएको छ । बस सडकबाट खसेर अर्को गोलाइमा पुगेको छ । घाइतेमध्ये २४ जनालाई पाँचथर अस्पताल र बाँकीलाई पाथिभरा तथा समर्पित अस्पताल लगिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।