देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माटोको ढिस्कोमा परी बालिकाको मृत्यु, ६ घाइते

देशान्तर

जनकपुरधाम – सिरहामा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ।

बुधबार बिहान धनगढीमाई नगरपालिका–६ मा माटो खन्न गएकी एक बालिकाको मृत्यु भएको छ भने ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए।

माटोको ढिस्कोमा पुरिएर धनगढीमाई नगरपालिका–५ का प्रकाश कामतकी ११ वर्षीया छोरी करिश्माको मृत्यु भएको हो।

त्यस्तै, ढिस्कोमा परी ३० वर्षीया ममता कामत, ७ वर्षीया सरिता महतो, ७ वर्षीया सविता यादव, १० वर्षीया नेहाकुमारी कामत, ११ वर्षीया रुविकुमारी कामत, २५ वर्षीया सीतादेवी कामत रहेको प्रवक्ता बुढाथोकीले जानकारी दिए।

ढिस्कोमा परी गम्भीर घाइते सवितालाई थप उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालमा रिफर गरिएको तथा बाँकीको जिल्लाकै अस्पतालमा उपचार भइरहेको प्रवक्ता बुढाथोकीले बताए।