बझाङ – वर्षासँगै आएको बाढीले जयपृथ्वी राजमार्ग ठाउँठाउँमा भत्किएपछि वैकल्पिक मार्गको खोजी हुन थालेको छ ।
दुई हप्तासम्म सो सडक सञ्चालनमा नआएपछि पानकोट(गोलाइ(सुतिया(मालुमेला(झनाना सडक र भाँडेबगर(मेल्लेख(नौरा(चैनपुर सडक सञ्चालनमा ल्याउन पहल थालिएको छ ।
केदारस्युँ(१ नारूगौडा खोलामा रहेको चट्टान फुटाएर वैकल्पिक सडक प्रयोग गर्ने प्रयास भइरहेको छ । छविसपाथीभेरा(१ जालेबगरमा तत्काल सम्भव नभएपछि वैकल्पिक सडकको खोजी शुरु भएको हो । छबिसपाथिभेरा गाउँपालिकाले भाँडेबाट ब्यासी, मेल्लेक हुँदै सुवेडा जोड्ने सडक मर्मत गरिसकेको गाउँपालिका अध्यक्ष अक्कल धामीले बताए ।
अहिले जयपृथ्वी राजमार्ग बन्द हुँदा बझाङ सदरमुकाम चैनपुरलगायत साना(ठूला बजारमा तरकारी, इन्धन, खाद्यान्नलगायतको अभाव हुनुका साथै चर्को मूल्यवृद्धि भएको छ ।





प्रतिक्रिया