देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

टी-२० विश्वकप क्रिकेट : पाकिस्तानकाे लगातार तेस्रो जित

देशान्तर

काठमाडौँ – आईसीसी टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार तेस्रो जित निकालेको छ । यूएईमा गएराति भएको खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले तेस्रो जित निकालेको हो ।

अफगानिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ६ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।   पाकिस्तानको जितमा कप्तान बाबर आजमले ५१ रनको अर्धशतकीय इनिङ्ग्स खेले ।

यस्तै आसिफ अलीले ७ बलमा अविजित रहँदै २५ रन बनाए भने फखर जमानले २० रन जोडे । सोयब मलिकले १९ रन बनाउँदा मोहम्मद हाफिजले १० रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४७  रन बनाएको थियो ।अफगानिस्तानका लागि कप्तान मोहम्मद नाबीले अविजित ३५ रन जोड्दा गुल्बादिन नाइब ३५ रनमा अविजित रहे ।

यस्तै नाजिब उल्लाह जाड्रनले २२ तथा करिम जनतले १५ रन बनाए भने अस्घर अफगान र रहमानउल्लाह गुरुबाजले १०/१० रन बनाए।