देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काँडा नदीमा डुबेर दुई जनाको मृत्यु

देशान्तर

धनगढी । कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ ।

भजनी नगरपालिका–३ ढुसीका नरेन्द्र निसादका १३ वर्षीय छोरा धनन्जय र सोही ठाउँका लायकराम चौधरीका १० वर्षीया छोरा अरवीन्द्र चौधरीको काँडा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

उनीहरु शनिबार नदीमा नुहाउने क्रममा डुबेका थिए । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा शव बाहिर निकालेको थियो ।