देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रिमियर लिगमा चेल्सी शीर्ष स्थानमा

देशान्तर

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । शनिबार राति टोटनह्यामलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

युनाइटेडेको जितमा क्रिष्टियानो रोनाल्डो, इडिसन काभानी र मार्कस रासफोर्डले एक एक गोल गरेका थिए । टोटनह्यामको मैदानमा युनाइटेडले ३९ औं मिनेटमा अग्रता लिएका थिए । ब्रुनो फर्नान्डेजको पासमा रोनाल्डोले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोल गरेको युनाइटेडले दोस्रो हाफमा अरु २ गोल थपेको थियो । ६४ औं मिनेटमा काभानीले रोनाल्डोको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए ।

८६ औं मिनेटमा रासफोर्डले म्याटिसको पासमा गोल गरेका थिए । जीत पछि युनाइटेड १७ अंकसहित तालिकाको पाँचौं स्थानमा रहेको छ भने टोटनह्याम १५ अंकसहित आठौं स्थानमा रहेको छ । प्रिमियर लिग अन्तर्गत साउथह्याम्पटनले वाटफोर्डलाई १–० गोल अन्तरले पराजित गरेको छ । यस्तै चेल्सीले न्यू क्यासल युनाइटेडमाथि ३–० को जीत दर्ता गर्न सफल भयो । जीतसँगै चेल्सी प्रिमियर लिग तालिकाको शीर्ष स्थनमा उक्लिएको छ । चेल्सीले १० खेलमा २५ अंक बनाएको छ ।
उता म्यानचेस्टर सिटी क्रिष्टल प्यालेससँग २–० ले पराजित हुँदा लिभरपुल र ब्राइटनले २–२ गोलको बराबरी खेलेका छन् । यसैगरी बर्नलेले ब्रेन्टफोर्डमाथी ३–१ गोलको जीत दर्ता गर्दा आर्सनलले लेस्टर सिटीलाई २–० गोलले पराजित गरेको छ ।