देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानसेनापतिद्वारा राणालाई दर्ज्यानी चिन्ह प्रदान

देशान्तर

काठमाडौं – रथी दर्जामा पदोन्नति हुनु भए उपरथी सरोज प्रताप राणाले दर्ज्यानी चिन्ह प्राप्त गरेका छन् । प्रधानसेनापति महारथी प्रभुराम शर्माले राणालाई आइतबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

गत कार्तिक ११ गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार राणा रथी दर्जामा पदोन्नति भएका थिए । रथी दर्जामा पदोन्नति भएका रथी सरोज प्रताप राणा बलाध्यक्षमा नियुक्ति भएका छन् । उक्त कार्यक्रममा नेपाली सेनाका रथी तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।