देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गायक सचिन रौनियारको ट्याङ्का भरी सुन सार्वजनिक

देशान्तर

काठमाडौं– गायक सचिन रौनियारको नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक ट्याङ्का भरी सुनु बोलको गीतमा रौनियारसँगै गायिका रचना रिमालको आवाज रहेको छ। गीतको शब्द हरिहर तिमल्सिनाले लेखेका हुन् भने संगीत राजनराज सिवाकोटीले भरेका छन्।

सार्वजनिक गीतको भिडियोमा हास्यटेलिसिरियल सक्किगोनिुका चर्चित जोडी सागर लम्साल बलेु र प्रियना आचार्यको अभिनय रहेको छ। भिडियोमा ट्याङ्का भरी सुन छ भन्दै धाक लगाउने सचिनबाट सुनको ट्याङ्का नै फुत्काएको कुरा देखाइएको छ।

शान थापाको निर्देशनमा बनेको भिडियोमा राजीव समरले कोरियोग्राफी गरेका छन्। अर्जुन तिवारीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर गरेका छन्।

गीतलाई लिएर गायक सचिन निकै उत्साहित छन्। गीत र भिडियो दुबैमा निकै मिहिनेत गरेकाले दर्शकरश्रोताको राम्रो साथ मिल्नेमा उनी विश्वस्त छन्।

भिडियोलाई एम ८ म्युजिक फ्याक्ट्रीु नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।