देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एनआरएनए अध्यक्षका उम्मेदवार आचार्यको प्रतिबद्धता सार्वजनिक

देशान्तर

गैरआवासीय नेपाली संघको आसन्न महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले आफ्नो प्रतिवद्धता सार्वजनिक गर्दै आगामी दुई वर्षमा संघको सदस्य संख्या कम्तीमा पाँच लाख पुर्‍याउने राष्ट्रिय समन्वय परिषदको संख्या एक सय पुर्‍याउने घोषणा गरेका छन् ।

असोज १० मा काठमाडौंमा विशेष समारोहको आयोजना गरी उम्मेदवारी घोषणा गरेका आचार्यले सोमबार एक भर्चुअल पत्रकार सम्मेलन गरी आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

आचार्यले सार्वजनिक गरेको प्रतिबद्धतामा प्रवासमा लाखौं नेपालीहरु रहेको भएपनि संघमा अपेक्षाकृत सहभागिता नभएको उल्लेख छ । उनले आफू अध्यक्षमा निर्वाचित भएपछिको दुई वर्षमा सदस्य संख्या कम्तीमा पाँच लाख पुर्याउने र एनसीसीहरुको संख्या पनि एक सय पुर्याउने बताए । हाल संघका पन्जीकृत सदस्य संख्या एक लाखको हाराहारीमा रहेको छ भने ८४ देशमा एनसीसी स्थापना भएको छ ।

तर, बीस वटा एनसीसी भने हाल निष्कृय रहेका छन् ।

‘पद्धति र पारदर्शिता’को नारासहित उम्मेदवारी घोषणा गरेका आचार्यले निर्णय प्रक्रियामा सहभागिता र कार्यान्वयनमा पारदर्शितालाई पहिलो शर्तका रुपमा अघि सारेका छन् । ‘सीमित व्यक्तिले गर्ने निर्णय र अपारदर्शी व्यवहारबाट संस्थाको साख गिर्दै गइरहेको छ, मैले यसलाई पूर्णरुपमा सुधार गर्नेछु’ आचार्यले भने ।