देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

क्वालिफायर खेलमा चितवन र पोखरा भिड्दै

देशान्तर

एभरेष्ट प्रिमियर लिग (इपिएल) टि ट्वेन्टी क्रकेटमा आजबाट प्ले अफ्का खेलहरु सुरु हुँदैछ । प्रतियोगिताको पहिलो क्वालिफायर खेलमा आज चितवन टाइगर्स र पोखरा राइनोज भिड्नेछन् ।

यो खेल बिहान साँढे ९ बजे सुरु हुनेछ । लिग चरणमा शिर्ष स्थानमा रहँदै चितवन तथा दोस्रो स्थानमा रहँदै पोखरा क्वालिफायरका लागि छनौट भएका हुन् । यो खेलको विजेता फाइनलमा पुग्नेछ ।

पराजित हुने टोलीले भोलि दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ । आजको दोस्रो खेलमा काठमाडौं किङ्स ११ र भैरहवा ग्लाडिएटर्स भिड्नेछन् । यो खेल दिउसो साँढे १ बजे सुरु हुनेछ । विजेताले पहिलो क्वासलफयारमा पराजित हुने टोलीसँग फाईनल प्रवेशको लागि खेल्नेछ । इपिएल क्रिकेटको फाइनल खेल यही शनिवार आयोजना हुनेछ ।