देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुबिसुको दशैं अफर : ५० एमबीपीएस १३ हजार ९९९ रुपैयाँमै

देशान्तर

काठमाडौं – इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट लिमिटेडले बडा दशैँको उपलक्ष्यमा ‘दक्षिणा अफर’ सार्वजनिक गरेको छ । अफर अन्तर्गत ग्राहकले ५० एमबीपीएस इन्टरनेटको वार्षिक प्याकेज केवल १३ हजार ९९९ रुपैयाँमै प्राप्त गर्नसक्नेछन् ।

जडान शुल्क र कर रकम समेत यसैमा समावेश गरिएको छ । जसले गर्दा ग्राहकले थोरै शुल्कमा धेरै लाभ प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ५० एमबीपीएस गतिको इन्टरनेट प्याकेजका लागि ग्राहकलाई कर सहित मासिक ११६७ रुपैयाँ मात्र पर्न आउँछ ।

साथै ग्राहकहरूले वार्षिक सेवाको भुक्तानी ई-सेवा मार्फत गर्दा थप एक हजार क्यासब्याक प्राप्त गर्नसक्नेछन् । यसका लागि भुक्तानी गर्दा प्रोमो कोड ‘UPAHAR’ प्रयोग गर्नुपर्नेछ । चाडबाडलाई लक्षित गरी गुणस्तरीय सेवा सहुलियत दरमा प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले ल्याएको यो अफर सीमित अवधिका लागि मात्र लागु हुने कम्पनीले जनाएको छ । साथै यसमा शर्त तथा नियमहरू समेत लागू हुनेछन् ।

कम्पनीले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस (MPLS VPNs), व्यानएथर्नेट (WAN Ethernet), होलसेल आइ.पि ट्रान्जिट (Wholesale IP Transit), एम.भि.पि (MVP), डाटा सेन्टर सोलुसन(Data Center Solution) जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।