देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हैदराबादलाई हराए पनि मुम्बई आईपीएलबाट बाहिरियो

देशान्तर

काठमाडौँ – मुम्बई इन्डियन्स आईपीएल क्रिकेटबाट बाहिरिएको छ । गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई ४२ रनले हराए पनि समान १४ अङ्क रहेको कोलकाता भन्दा कम रनरेट भएपछि मुम्बई बाहिरिएको हो ।

कोलकाता भने अघिल्लो चरणमा पुगेको छ । गएराति मुम्बईले दिएको दुई सय ३६ रनको लक्ष्य पछ्याएको हैदराबादले आठ विकेट गुमाएर एक सय ९३ रन मात्रै बनाउन सक्यो ।

हैदराबादका लागि मनिष पाण्डेले सर्वाधिक ६९ रन बनाए । यसअघि इशान किसनको ३२ बलमा ८४ र सूर्यकुमार यादवको ४० बलमा ८२ रनको मद्दतमा मुम्बईले दुई सय ३५ रन बनाएको थियो ।