देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ईपीएलको उपाधिका लागि चितवन र पोखरा भिड्दै

देशान्तर

काठमाडौं – चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनल खेल आज शनिबार हुँदैछ । टियु क्रिकेट मैदानमा हुने फाइनलमा चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल १२:१५ बजे सुरु हुनेछ ।

सोमपाल कामीको कप्तानीमा रहेको चितवन र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो । र, दुबै टिम जित निकाल्दै पहिलो पटक उपाधि उचाल्न चाहन्छ ।

पहिलो पटक उपाधि उचाल्न दुबै टिम तयार रहेका छन् । त्यसैले फाइनल खेल रोमान्चक हुने अनुमान गरिएको छ ।यस संस्करणको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने छन् ।