देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

इपीएल फाइनल : पोखराले दियो चितवनलाई ११२ रनको सामान्य लक्ष्य

देशान्तर

काठमाडौं पोखरा राइनोजले आज  एभरेष्ट प्रिमियर लिगको फाइनलमा चितवन टाइगर्सलाई जितका लागि ११२ रनको सामान्य लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको पोखराले १७.५ ओभरमा सबै विकेट गुमाएर १११ रन मात्र बनाएको हो । चितवन र पोखरा यसअघि पनि दुई पटक आमनेसामने भएका थिए ।

दुबै खेलमा पोखराले कमजोर ब्याटिङ प्रदर्शन गरेको थियो यसअघि दुबै खेलमा पहिले ब्याटिङ गरेको पोखराले लिग चरणको खेलमा १२३ र पहिलो क्वालिफायर्समा ६६ रन मात्र बनाउन सकेको थियो ।

आज पोखराका एसेला गुणरत्नेले सबभन्दा धेरै ३४ रन बनाए । रिचार्ड लेभीले २६, कप्तान विनाद भण्डारीले २२ र विपिन रावलले १७ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । चितवनका कमलसिंह ऐरीले चार विकेट लिए । करिम जनत र सेकुज प्रसन्नले समान दुई विकेट लिँदा सोमपाल कामी र सागर ढकालको नाममा एक एक विकेट रह्यो ।