देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल र भारतकाे खेल आज

देशान्तर

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतको सामना गर्दैछ । प्रतियोगिताको सुरुवाती दुई खेलमा जित निकालेको नेपाल आज लगातार तेस्रो जितको खोजीमा रहेको छ ।

नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राती पौने १० बजे सुरु हुनेछ । नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजक माल्दिभ्सलाई हराएको थियो भने दोस्रो खेलमा श्रीलंकालाई हराएको थियो । उता भारत भने जारी प्रतियोगितामा संघर्ष गरिरहेको छ ।

उसले बंगलादेश र श्रीलंकासँग बराबरी खेलेको छ । दुई खेलबाट ६ अंक जोडेको नेपाल समुहको शिर्ष स्थानमा रहेको छ ।

४ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा रहँदा ३ अंकसहित माल्दिभ्स तेस्रो तथा २ अंक जोडेको भारत चौथो स्थानमा छ । आजको पहिलो खेलमा साविक विजेता माल्दिभ्सले श्रीलंकाको सामना गर्नेछ ।