देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कर्णाली नदीमा डुंगा पल्टिदा एक जना बेपत्ता

देशान्तर

सुर्खेत – कर्णाली नदीमा डुंगा पल्टिदा एक जना युवती बेपत्ता भएकी छन्।

सुर्खेतको चौकुने गाउँपालिका र कैलालीको मोहन्याल गाउँपालिकाबीचको कर्णाली नदीमा डुंगा पल्टिए युवती बेपत्ता भएकी हुन्। डुंगा पल्टिदा चौकुने – १० घाटगाउँ कि १८ वर्षकी अनिता विक बेपत्ता भएको सुर्खेतका डीएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिए।

उनका अनुसार मोहन्याल–३ कैलालीको किनारमा पुग्दै गर्दा पल्टिएको हो। डुंगामा पाँच सवार थिए । अनिता बाहेक सबैको सकुशल रहेछ छन्। घटनास्थलमा बाबियाचौरबाट प्रहरी पुगि बेपत्ता युवतीको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।