कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ ।
यूएईको सारजाहमा गएराति भएको एलिमिनेटरमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई चार विकेटले पराजित गर्दै कोलकाता क्वालिफायरमा पुगेको हो । अब कोलकाताले दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्नेछ । यस खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ ।
बेङ्ग्लोर भने प्रतियोगिताबाट बाहिरिएको छ । बेङ्ग्लोरले दिएको १ सय ३९ रनको लक्ष्य कोलकाताले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । कोलकाताको जितमा सुबमन गिलले सर्वाधिक २९ रन जोडे ।
बेङ्ग्लोरका कप्तान विराट कोहलीले ३९ रन जोडे । देवदूत पडिकलले २१ रन जोड्दा ग्लेन म्याक्सवेलले १५ रन बनाए ।





प्रतिक्रिया