देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाललाई फाइनल पुग्ने अवसर

देशान्तर

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज नेपालले बंगलादेशसँग खेल्दैछ ।

यो खेल मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा नेपाली समय अनुसार साँझ पौने ५ बजे सुरु हुनेछ ।

बंगलादेशविरुद्ध बराबरी वा जितले नेपाल पहिलो पटक साफको फाइनलमा पुग्नेछ । नेपाल अहिलेसम्म साफको फाइनलमा पुगेको छैन ।

जारी प्रतियोगितामा समुह चरणका खेलपछि शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । पाँच टोली सहभागी प्रतियोगितामा नेपाल ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

शीर्ष स्थानमा रहेको माल्दिभ्सको पनि ६ अंक नै छ । भारत ५ अंकसहित तेस्रो स्थानमा छ भने बंगलादेश ४ अंकबाट चौथो स्थानमा छ ।

अन्तिम खेलमा भारत र माल्दिभ्स खेल्नेछन् । नेपालले यसअघि माल्दिभ्स र श्रीलंकालाई हराएको थियोभने भारतसँग पराजित भएको थियो ।