काठमाडौं – मुगुको छायाँनाथ रारा नगरपालिका–७ स्थित पिनाटपने खोलामा भएको बस दुर्घटनामा मृत्यु ३२ जनाको सनखत भएको छ। प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो।
मंगलबार नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मध्याह्न १२ बजे दुर्घटनामा परेको थियो। बस सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो। नेपालगञ्जबाट सोमबार छुटेको उक्त बसमा ४५ यात्रु सवार थिए।
मृतकको नामवली
१० छायानाथ रारा नगरपालिका–७ भुईरका लालबहादुर सेजुवालकी अन्दाजी १९ वर्षीया छोरी लग्न सेजुवाल।
२० लग्न सेजुवालका २ वर्षीय छोरा। नाम खुल्न बाँकी।
३० वडा ७ बस्ने जयकला बमकी छोरी करिब २० वर्षीया मनदेवी बम।
४० वडा १० झारकोटका दीर्घ बुढाकी छोरी अन्दाजी १८ वर्षीया पुजा बुढा
५० वडा ८ झ्यारीका कुशलाल वितालुका ३३ वर्षीय छोरा प्यारी वि।क
६० वडा ८ सिगाडीका २२ वर्षीय सन्तोष वितालु
७० वडा १२ सोभाका नरवीर साउँदका २२ वर्षीय छोरा छाँता साउँद
८० वडा ८ का ३५ वर्षीय चालक दानबहादुर रावल
९० वडा १० चरापका मानबहादुर खड्काकी २० वर्षीया छोरी सरिता
१०० वडा १४ बामका विर्ष सिंह बुढाका २२ वर्षीय छोरा कर्ण सिंह
११० सोरू गाउँपालिका वडा ३ भिगाउँका मानबहादुर कुमालका २५ वर्षीय छोरा मनरूप
१२० छाँयानाथ रारा–१ का २३ वर्षीया चन्द्रादेवी मल्ल
१३० वडा ६ बालैका अंख भामकी छोरी १९ वर्षीया राममाया
१४० वडा १० का बद्रिराम साउदका छोरा १८ वर्षीय छोरा अम्मर
१५० वडा ११ रोवाका दानबहादुर बुढाका छोरा २२ वर्षीय छोरा प्रकाश
१६० वडा ५ कार्किबाडाका २९ वर्षीय अजय कार्की
१७० वडा ५ का प्रेमबहादुर रावतकी श्रीमती ३२ वर्षीया श्रीमती कमला वि।सी ९रावत०
१८० वडा १० ज्युलाका कृष्ण विकका छोरा २२ वर्षीय सुनबहादुर
१९० वडा १४ सुम्लीका दानसिंह बुढाका छोरा १९ वर्षीय शिव बुढा
२०० वडा ७ तोप्लाका श्रीबहादुर शाहीकी २१ छोरी वर्षीया अमृता
२१० वडा ७ का मृतक अमृता शाहीका छोरा करिब ५ वर्षीय छोरा। नाम खुल्न बाँकी
२२० वडा १४ सुम्लीकी रुपकन्य कार्कीका छोरा २० वर्षीय रूपसिंह
२३० वडा ७ तोप्लाका २२ वर्षीय महेन्द्र शाही
२४० बाँके राझाँका २२ वर्षीय प्रदिप स्वर्णकार
२५० छाँयानाथ रारा–१ का १८ वर्षीय चन्द्रप्रकाश भाम
२६० वडा ७ का १२ वर्षीय आदित्य विक्रम शाह
२७० वडा ८ का २८ वर्षीय टोपबहादुर विष्ट
२८० सोरू गाउँपालिका–८ का २३ वर्षीय आईतसिंह कामी
२९० छायानाथ रारा–८ झ्यारीका ३३ वर्षीया भगवती चन्द
३०० वडा ७ की १६ वर्षीया सस्मिता बम
३१० वडा १४ का तेजबहादुर भण्डारीका छोरा १८ वर्षीय छोरा बसन्त
३२० वडा ८ सिकाढीका बाचे बुढाका छोरा १८ वर्षीय नवीन





प्रतिक्रिया