देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लागु औषधसहित रुपन्देहीबाट चारजना पक्राउ

देशान्तर

रुपन्देही – रुपन्देही प्रहरीले लागु औषधसहित चारजनालाई प्रकाउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा उप महानगरपालिका वडा-२२ का २७ को सागर पोख्रेल र गोदावारी नगरपालिका वडा– १ प्रगतिनगर बस्‍दै आएका २० वर्षीय मधुकर बिश्वकर्मा, गैडहवा गाउँपालिका –९ का ३४ वर्षीय दुर्गा राना र कन्चन गाउँपालिका –२ का १६ वर्षीय अशोक कुमार लोध रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले नुफिन ३७ सि।सी, फेनेग्रान ३७ सि।सी। ,डाइजेपाम ३७ सि।सी, नाईट्राभेट(८८ पिस, डाईजापाम-४८ पिस बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।