देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रुबी खानलाई रिहा गर्न सर्वोच्चको आदेश

देशान्तर

काठमाडौँ – सर्वोच्च अदालतले बाँकेकी रुबी खानलाई आज (बिहीबार) नै थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले प्रहरीले काठमाडौंको माइतीघर मण्डलाबाट पक्राउ गरी नेपालगञ्ज पुर्‍याइएकी खानलाई बिहीबार नै सर्वोच्च अदालतका सहरजिष्ट्रारको रोहबरमा छाड्न आदेश दिएको हो।

अधिवक्ता मोहना अन्सारीले रुबीका तर्फबाट दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रहरीले पूर्वाग्रह राखी खानलाई पक्राउ गरेको ठहर पनि गरेको छ। रुबीलाई थुनामुक्त गरेपछि पनि तत्काल पक्राउ गर्ने वा उनको वैयक्तिक स्वतन्त्रतामा असर पुग्ने कुनै कार्य नगर्न पनि सर्वोच्च अदालतले प्रहरीलाई आदेश दिएको छ।

प्रहरीले भने गत साता काठमाडौंमा पक्राउ परेकी रुबीलाई बाँके नै पुर्‍याएको थियो । अदालतले यसअघि नै रुबीलाई २४ घण्टाभित्र अदालतमा शररीर उपस्थित गराउन प्रहरीलाई आदेश दिएको थियो ।