देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गुल्मीमा जीप दुर्घटना : तीन जनाको मृत्यु, ६ जना घाइते

देशान्तर

काठमाडौँ- दशैं मनाउन बुटवलबाट गुल्मी सदरमुकाम तम्घास जाँदै गरेको जीप बिहीबार राति दुर्घटना भएको छ । लु १ ज ४४९० नम्बरको ९ जना सवार जीप रेसुंगा नगरपालिका-१० पाँचरातेमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

दुर्घटनामा मुसिकोट नगरपालिका-२ का ७२ वर्षीय क्षेत्रबहादुर थापा, ४५ वर्षीया राधिका थापा र मुसिकोट-३ की १९ वर्षीय संगिता सुनार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

एसपी गोपालचन्द्र भट्टराईका अनुसार दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते हुनेमा  मुसिकोट-२ का चालक २६ वर्षीय कमल थापा, ४३ वर्षीय खिमा थापा, ३६ वर्षीय राजु थापा, ३८ वर्षीया जुना थापा, चितवनको भरतपुर उपमहानगरपालिकाकी ५० वर्षीया राधा केशी, भरतपुर-३ की ४७ वर्षीय  सुमित्रा सुनार छन्।