देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाललाई पहिलोपटक साफ च्याम्पियन बन्ने अवसर

देशान्तर

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्त आज (शनिबार) हुँदैछ ।

मालेस्थित राष्ट्रिय रंगशालामा हुने फाइनलमा नेपाल र भारत भिड्ने छन् ।

नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ । दुवै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेल्न लागेको हो ।

नेपालले दोस्रो स्थानमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको हो । साफ इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको हो । नेपालले यसअघि सेमिफाइनलसम्मको यात्रा तय गर्दै आइरहेको थियो ।

भारतले हालसम्म ७ पटक उपाधि जितिसकेको छ । साफ अन्तर्गत नै लिग चरणमा नेपाल र भारतबीच प्रतिस्पर्धा भएको थियो । जहाँ भारतले नेपाललाई १–० ले हराएको थियो ।

भारतविरुद्ध नेपालले हालसम्म २२ खेल खेलेको छ । जसमा भारत पूर्णरुपमा हाबी छ । नेपालविरुद्ध भारतले १५ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।