देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौँमा चहलपहल बढ्यो

देशान्तर

काठमाडौँ स् बडादशैँमा सुनसानप्रायः बनेको काठमाडौँमा दशैँको टीकासँगै चहलपहल बढेको छ। दशैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी रहेको छ। विजयादशमीको टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दशैँको टीका लगाउने चलन छ।

काठमाडौँ उपत्यकामा पनि दशैँको टीका लगाउन आफन्त तथा मान्यजनकहाँ पुग्ने सर्वसाधारणको आवतजावत बाक्लो रूपमा देखिएको छ। योपटकको दशैँमा विगतका वर्षभन्दा केही बढी सङ्ख्यामा सवारीसाधन सञ्चालन भएकाले पनि सर्वसाधारणलाई राहत भएको छ।

उपत्यकामा पातलो सङ्ख्यामा भए पनि खाद्यान्न, दूध तथा तरकारीका पसल खुलेका छन्। तुलनात्मक रूपमा आज सडकमा गाडी बाक्लो सङ्ख्यामा चलेका देखिन्छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आज पनि काठमाडौँ उपत्यकामा दशैँको टीका र आशीर्वाद थाप्न जानेको चहलपहल बाक्लै छ। टीकाको पहिलो दिनभन्दा आज केही बढी गाडी चलेका छन्। सवारीको चहलपहल बढे पनि सडकमा जामको चाप भने नरहेको ट्राफिक प्रहरीको भनाइ छ।

उपत्यकामा आज अपराह्नसम्म कुनै अप्रिय घटना नभएको र सडकमा सवारीसाधन निर्बाध रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।