देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

२५ वर्षीय युवकको घाँटी थिचेर हत्या, पत्नीसहित चार जना पक्राउ

देशान्तर

कैलाली – कैलालीको धनगढी उपमहानगरपालिका–७ मा एक युवाको हत्या भएको छ । २५ वर्षीय रमेश चौधरीको हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । हत्या घटना अनुसन्धानका लागि प्रहरीले रमेशकी श्रीमतीसहित चार जनालाई पक्राउ गरेको छ । उनीहरुको नाम भने प्रहरीले खुलाएको छैन ।

कैलालीका एसपी विश्व अधिकारीका अनुसार शनिबार घरबाट करिब ७ सय मिटर टाढा रहेको खुटिया खोलाको छेउमा चौधरीको शव फेला परेको थियो । घटना अनुसन्धानका क्रममा उनको हत्या भएको खुलेपछि प्रहरीले पत्नीसहित चार जनालाई पक्राउ गरेको हो ।

चौधरी शुक्रबार साँझ साथीकोमा जान भन्दै घरबाट निस्किएका थिए । रातभर उनी घर नफर्किएपछि उनको खोजी शुरु भएको थियो । चौधरी र पत्नीबीच राम्रो सम्बन्ध नरहेको स्थानीयले जानकारी दिएका छन् । उनीहरुका तीन वर्षीय छोरा छन् । चौधरीको घाँटी थिचेर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीको भनाई छ ।