देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा

देशान्तर

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। यस वर्षको भाइटीकाको साइत ११ बजेर २ मिनेटमा रहेको समितिले जनाएको छ।

यस वर्षको भाइटीका कात्तिक २० गते रहेको छ। ​तिहारको मुख्य दिन भाइटीकामा दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर मनाउने प्रचलन छ। यस दिन दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर दीर्घायु र समृद्धिको कामना गर्दछन्।

टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिन्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा छ।