देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अवैधरुपमा नेपाल आएका पाँच अफगान नागिरकलाई मेक्सिको पठाइयो

देशान्तर

काठमाडौं – अवैधरुपमा नेपाल प्रवेश गरेका ११ जना अफगान नागरिकमध्ये ५ जनालाई मेक्सिको पठाइएको छ। अनुसन्धानका क्रममा ५ जनासँग मेक्सिकोको भिसा भएकाले त्यसतर्फ पठाइएको अध्यागमन विभागले जनाएको छ।

मेक्सिको गएका उनीहरू एकै परिवारका पाँच सदस्य हुन्। परिवारमा श्रीमान–श्रीमती, आठ वर्षीय बालक, ११ र १७ वर्षीया बालिका छन्। एकै पटक पक्राउ परेका मध्ये ५ जनालाई पठाएको र ६ जना माथि थप अनुसन्धान भइरहेको अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले जानकारी दिए।

उनले भने,‘अहिलेसम्म ६ जनाको अनुसन्धान भइरहेको छ। उनीहरूलाई के गर्ने भन्ने निर्णय भइसकेको छैन।’

केहीदिन अघि केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौंको सिनामंगलको एक होटलबाट अफगान नागरिकलाई पक्राउ गरेको थियो। ती नागरिक भारतको दिल्लीबाट रूपन्देहीको सुनौली नाका हुँदै नेपाल आएका थिए।