देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भाइटिकाको साइत ११ बजेर २ मिटेटमा

देशान्तर

 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत ११ बजेर २ मिनेटमा तोकेको छ ।

कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा यमद्वितीया भाइटीका (किजापूजा)को उत्तम साइत रहेका पञ्चाङ्ग समितिले जनाएको छ ।

वि.सं.२०७८ कात्तिक १६ गते, मंगलबार – यमदीपदान, धनत्रयोदशी (धन्तेरस) धन्वन्तरी जयन्ती रहेको छ । त्यसैगरी कात्तिक १७ गते, बुधबार काकबली (कागतिहार) कुकुरतिहार नरकचतुर्दशी (रात्रिका अन्त्यमा तेललगाएर नुहाउने) दिन रहेको छ ।

यसैगरी कात्तिक १८ गते, विहिबार– लक्ष्मीपूजा, दीपमालिका, सुखरात्री , कात्तिक १९ गते, शुक्रबार– गोवर्धनपूजा, गोवली पूजा, हली तिहार, म्हपूजा रहेको छ । यसै दिन ने.सं ११४२ प्रारम्भ हुन्छ ।

यसैगरी कात्तिक २० गते, शनिबार – यमद्वितीया भाइटीका (किजापूजा) रहेको छ ।