देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हिमपहिरोमा परि ३ फ्रान्सेली बेपत्ता

देशान्तर

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु क्षेत्रमा रहेको खाङतेगा पिक आरोहणको क्रममा तीन जना फ्रान्सेली नागरिक बेपत्ता भएका छन् । होलिडे हिमालय ट्रेक एक्सपिडिसन मार्फत् खुम्बु आएका ८ फ्रान्सेलीमध्ये तीनजना भने हिम पहिरोमा परि बेपत्ता बनेका हुन् ।

थोमस जर्जस्, गाड्रियल पल र लुइस पाछोड नाम गरेका पर्यटकहरू कात्तिक ९ गतेदेखि सम्पर्कविहीन भएका हुन् । चोलप्सा हिमाल र खाङतेगा आरोहणको अनुमति लिएर आएका उनीहरू खाङतेगातर्फ जाने क्रममा मिङबोला हिमाल पार गरेपछि माथिबाट आएको हिमपहिरोमा परी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डिएसपी कवित कटवालले बताए ।

उनीहरूसँगै गएका ५ जना भने सम्पर्कमै छन् । हराएकाहरूको खोजीका लागि कैलाश एयरको हेलिकप्टर आइतबार दिनभर परिचालन भएपनि उनीहरूको अवस्था पत्ता लगाउन सकिएन । प्रहरीका अनुसार बेपत्ता नागरिकसंग कात्तिक ९ गते मिङबोला हिमालमा अन्तिम सम्पर्क भएको थियो ।

खाङतेगा ६ हजार ७८२ मिटर अग्लो पिक मानिन्छ ।