देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

देशान्तर

दाङ । दाङको राप्ती नदीस्थित पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सिसहनिया–महादेवा जोड्ने पुलमा गए राति रा १ प ६३४५ नंको मोटरसाइकल दुर्घटना हुँदा गढवा गाउँपालिका–२ घुस्राका २२ वर्षीय समिर चौघरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा गम्भीर घाइते चौधरीको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको हो ।