देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तिहारमा काठमाडौंबाट बाहिरिने यात्रुलाई कोरोनाको खोप लगाइँदै

देशान्तर

काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तिहारमा घर जान लागेका यात्रुहरुका लागि कोरोनाविरुद्धको खोप कार्यक्रम शुरु गरेको छ । कोटेश्वर, गोंगबु, बल्खु र कलंकी चोकमा यात्रुहरुलाई कोरोनाविरुद्धको खोप दिन लागिएको हो । दुई दिनसम्म यो कार्यक्रम सञ्चालन हुनेछ ।

बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म यो कार्यक्रम सञ्चालन हुनेछ । यप् चार स्थानमा आज बिहानदेखिनै खोप कार्यक्रम शुरु गरिएको छ । आज र भोलि दुई दिन चल्ने खोप कार्यक्रममा आफ्नो उमेर खुल्ने परिचयपत्र देखाएर खोप लगाउन सकिनेछ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले दुई दिनमा नसकिए यो कार्यक्रम थप गर्न सकिने जानकारी दिए । पहिलो चरणको खोप लगाएकालाई दोस्रो र पहिलो नै नलगाएकालाई पहिलो चरणको खोप लगाइने जानकारी दिए ।