देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

९ बजेपछि देउसी भैलो खेल्न नपाइने

देशान्तर

काठमाडौं जिल्लामा राती ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंगलबार जारी गरेको सार्वजनिक सूचनामा यस्तो उल्लेख गरिएको हो ।

जिल्ला प्रशासनले तिहारमा नाचगान लगायत सभ्य र शान्तिपूर्ण तवरले निश्चित समयावधिभित्र देउसी भैलो खेल्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंगलबार विज्ञप्ति जारी गर्दै कोभिड–१९ सङ्क्रमण हुन नदिन स्वास्थ्य मापदण्ड पालना गर्दै देउसी खेल्न पाइने सूचना जारी गरेको हो ।