देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

१५ लाख रुपैयाँसहित ११ जना जुवाडे पक्राउ

देशान्तर

पोखरा – कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. २ स्थित तातोपानीबाट ११ जना जुवाडे पक्राउ परेका छन् ।

उनीहरूको साथबाट १५ लाख भन्दा बढी रुपैयाँ बरामद गरिएको कास्की प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक मुकेश न्यौपानेका अनुसार गए राति २ बजे उनीहरू जुवाकै खालबाट पक्राउ परेका हुन् ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र बयान लिने क्रम जारी रहेको उनले बताए ।