देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोभिड– १९को प्रभावलाई मध्यनजर गर्दै सिकाइ चौतारीको शुभारम्भ

देशान्तर

काठमाडौं – कोभिड– १९को प्रभावलाई मध्यनजर गर्दै सिकाइ चौतारीको शुभारम्भ गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सिकाइ चौतारीको शुभारम्भ गरेका हुन्। कोरोनाका कारण विद्यालय जान नपाएर घरमै रहेका विद्यार्थीलाई मध्यनजर गर्दै पढ्न र हेर्न सकिने गरि तयार गरिएको सिकाइ चौतारीको शुभारम्भ गरिएको हो।

मन्त्री पौडेलले चौतारीबाट सिकेका कुरालाई परिपक्वताका साथ अगाडि बढाउन थप आकर्षक एवम् पठनसील हुनपर्नेमा जोड दिए।उनले भिडियोको प्रस्तुति रोचक र आकर्षक भएमात्रै विद्यार्थी सिकाइप्रति आकर्षित हुने बताए ।‘सबै विद्यार्थीले बुझ्ने सरल, सहज, प्रविधिमैत्री, र गणशील हुन पर्‍यो, यसलाई मध्यनजर गर्दै थप विकशीत गर्नुहोस्, मन्त्रीले भने ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहयोगमा तयार गरिएको सिकाइ चौतारी पोर्टलमा कक्षा १ देखि १२ कक्षासम्मका पाठ्यपुस्तक पढ्न र हेर्न सकिने बनाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधकुमारी यादवले कोभिड – १९ का कारण सिकाइ केन्द्रको सुरुवात भएकोमा खुसी व्यक्त गरिन् । ‘वैकल्पिक शिक्षाको विषयमा यसले काम गर्ने अपेक्षा लिएको छु उनले भनिन्,विद्यार्थीको थप आकर्षण हुने विश्वास लिएको छु।’

सिकाई चौतारी चलाउँदा न्युनतम प्रविधिको प्रयोग हुने र यो सबैको पहुँचमा पुर्‍याउन पोर्टल थप व्यवस्थित बनाउने काम भइरहेको रेडियो इन्जिनियर सन्तकुमार महर्जनले जानकारी दिए । सोही पोर्टलमा कक्षा कोठामा विद्यार्थीलाई खेल खेलाउन सकिने, डिस्नेरीबाट शब्द खोज्न सकिने, गाह्रो विषयलाई भिडियोमार्फत हेर्न सकिने गरि विकास गरिएको छ ।

इन्जिनियर कविन्द्र मानन्धरले लामो समयको कसरतपछि यो कामले सफलता पाएको बताए। ‘हामी अमेरिकन नागरिक तथा अन्य विज्ञसँगको छलफलपछि यो पोर्टलको शुभारम्भ गरेको छौं,ु यसलाई विकास गरि सबैको पहुँचमा पुर्‍याउने हाम्रो लक्ष्य छ, उनले भने ।